Shikhar Insurance

कोका–कोलाले ल्यायो नयाँ अफर, २.२५ लिटरको स्प्राइटमा २५० मिलिको फ्यान्टा निःशुल्क

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १७:४५
NIMB
Nabil Bank

काठमाडौं । कोका–कोलाले उपभोक्ताहरूका लागि विशेष क्याम्पेन ल्याएको छ  । कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने भएको हो ।

यो प्रमोसनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो, जुन धेरै वर्षदेखि निरन्तर चल्दै आइरहेको छ  । कोका–कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ । कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भनिन्,“कोका–कोला सँधै आफ्ना उपभोक्ताहरुको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध छ । यो विशेष अफरले हाम्रा उपभोक्ताहरुको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुर्याउनेछ भन्ने हामीलाई विस्वास छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

यो अफरले कोका–कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएको छ । कोका–कोलाले सँधै उपभोक्तासँगको सम्बन्ध बलियो बनाउनका लागि नयाँ–नयाँ क्याम्पेनहरु ल्याउँदै आइरहेको छ । यो अफर सिमित अवधिको लागि मात्र उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्