Shikhar Insurance

चीनद्धारा सन् २०२४ मा आर्थिक वृद्धिकाे लक्ष्य ५ प्रतिशत, १ करोड २० लाख बढीलाई रोजगारी सिर्जना

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १७:२८
NIMB
Nabil Bank

एजेन्सी । चीनले सन् २०२४ मा करिब ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको हो ।

प्रतिवेदन अनुसार यस वर्ष सहरी क्षेत्रमा १ करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना हुने र सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर करिब ५.५ प्रतिशत हुने अनुमान गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सँगको घाटाको अनुपात ५ प्रतिशत कायम गर्ने र सन् २०२३ को बजेटबाट सरकारी घाटा १ खर्ब ८० अर्ब युआनले बढ्ने गरी सक्रिय वित्तीय नीति र विवेकपूर्ण मौद्रिक नीतिलाई निरन्तरता दिइने पनि प्रतिवेदनमा उल्लेख छ ।

चीनमा यस वर्ष स्थानीय सरकारहरूका लागि ३९ खर्ब युआनको विशेष प्रयोजनका ऋणपत्र जारी गरिने छ । यो गत वर्षभन्दा १ सय अर्ब युआन बढी हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्