Shikhar Insurance

नेपाल टेलिकमको “ब्रान्ड एम्बेसडर”मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २५, शुक्रबार १२:१०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल टेलिकमले हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाई महजोडीको रुपमा चिनिएका कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको छ । टेलिकम केन्द्रीय कार्यालयमा आज (शुक्रबार) आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरेका छन् । सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आवद्धता महत्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाहरुका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने बिश्वास व्यक्त गरिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा ब्रान्ड एम्बेसडर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आवद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्