Shikhar Insurance

सेरेसको नयाँ स्टेट ‘द आर्ट सोरुम’ नक्सालमा संचालन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २५, शुक्रबार १६:४१
NIMB
Nabil Bank

काठमाडौं । सेरेस इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ स्टेट ‘अफ आर्ट सोरुम’ संचालनमा ल्याएको छ । बिहीबार आयोजित एक समारोहबीच स्टेट अफ आर्ट सोरुम उद्घाटन गरेका हुन् ।

नयाँ सोरुमले नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरीय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्छ । उद्घाटन समारोहमा एमएडब्लु वृद्धिले सेरेस ३ ले हिमाली क्षेत्रमा रहेको कोरोला पासको कठिन भूगोलमा पुगेको इन्ट्रो भिडियो पनि देखाएको थियो । सेरेस ३ समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाइमा अवस्थित कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालमा सेरेसको उपस्थिति बलियो बनाउन र इभीको बढ्दो मागलाई पुर्ति गर्न यो सोरुमको महत्वपूर्ण भूमिका हुनेछ । ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापना गरेर सेरेसले विक्री र विक्रीपछिको सेवा उपलब्ध गराएर सेरेसले नेपालको हरित यात्रालाई गति दिनेछ ।
सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौंबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ । निकट भविष्यमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगञ्ज, चितवन र भक्तपुरमा पनि सोरुम खोल्दैछ ।TT

GBIME

प्रतिक्रिया दिनुहोस्