Shikhar Insurance

‘कम्फर्ट पोजिसन’मा सरकारी ढुकुटी, निषेधाज्ञामा रोकिएन राजस्व संकलन र बजेट खर्च

निषेधाज्ञाका ८ दिनमा २१ अर्ब राजस्व उठ्दा ३२ अर्ब खर्च, सरकारी ढुकुटीमा करिब १ खर्ब रुपैयाँ
सिंहदरबार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार १५:२३
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना बित्न एक साता बाँकी हुँदा सरकारी कोषबाट ७ खर्ब ८४ अर्ब ८७ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ । चैत मसान्तसम्म ६ खर्ब ९० अर्ब २८ करोड रुपैयाँ खर्च भएकामा २३ दिनमा ९४ करोड रुपैयाँ खर्च भएको हो ।

२३ दिनमा भएको खर्चमध्ये ३२ अर्ब रुपैयाँ सरकारले काठमाडौं उपत्यकामा आह्वान गरेको निषेधाज्ञापछि भएको हो । अगाडिका १५ दिनमा ६२ अर्ब रुपैयाँ खर्च भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यो तथ्यांकले निषेधाज्ञा माझ पनि खर्च नरोकिएको देखाउँछ ।

कोभिड १९ रोग संक्रमण नियन्त्रणका लागि देशका विभिन्न जिल्लामा निषेधाज्ञा आह्वान गरिएको छ । तर, बजेट खर्च भने दैनिक बढ्दो छ ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेल भन्छन्, “महामारीका माझ पनि हुनुपर्ने खर्च भइरहेका छन् । राजस्व संकलन नियमित भएको छ । खर्च पनि भइरहेको छ ।”

राजधानीबाट निषेधाज्ञा सुरू भएको दिनदेखि वैशाख २३ गतेसम्म औसतमा दैनिक २ अर्ब ५८ करोड रूपैयाँ सरकारी आम्दानी छ । यस्तै खर्च भने दैनिक ४ अर्ब ७ करोड भइरहेको छ ।

यो आम्दानीको दर आर्थिक वर्ष दैनिक औसत २ अर्ब ६७ करोडभन्दा कम हो भने दैनिक औसत खर्च २ अर्ब ६६ करोडभन्दा बढी हो ।

सरकारी आम्दानी चैत

“२३ गतेसम्मको दैनिक बजेटरी तुलनात्मक विश्लेषण हेर्ने हो भने ७३.४८ प्रतिशत खर्च भइसकेको छ,” पौडेलले सिंहदरबारसँग भने, “५३ प्रतिशतभन्दा बढी बजेट खर्च भएको छ, ३४ प्रतिशतभन्दा बढी पुँजीगत खर्च भइसकेको छ ।”

महालेखाको तथ्यांकअनुसार वैशाख २३ गतेसम्म सरकारले कुल ७ खर्ब ४३ अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । हालसम्म वार्षिक लक्ष्यको ७३.४८ प्रतिशत राजस्व उठेको हो ।

७ खर्ब ४३ अर्बमध्ये ६ खर्ब ९३ अर्ब कर (लक्ष्यको ७५.९२ प्रतिशत) र ५० अर्ब (लक्ष्यको ५०.९५ प्रतिशत) गैरकर हो ।

हालसम्म १० अर्ब अनुदान सरकारले प्राप्त गरेकामा ३६ अर्ब रुपैयाँ अन्य प्राप्ति छ ।

खर्चतर्फ ७ खर्ब ८४ अर्ब रुपैयाँमध्ये ५ खर्ब ९७ अर्ब चालु (लक्ष्यको ३४.२९ प्रतिशत), १ खर्ब २१ अर्ब (लक्ष्यको ३४.२९ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ६६ अर्ब (लक्ष्यको ३८.६१ प्रतिशत) हो ।

१० महिना बित्नै लाग्दा बजेट खर्च निकै कम हो ।

वैशाख १५ को दैनिक बजेटरी तुलनात्मक विश्लेषणः

वैशाख २३ को दैनिक बजेटरी तुलनात्मक विश्लेषणः

अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट संशोधन गरिसकेका छन् । बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाइएको हो ।

चालु आवमा लक्ष्यको ९१।१९ प्रतिशत अर्थात १३ खर्ब ४४ अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान छ । यो गत जेठमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ल्याएको १४ खर्ब ७४ अर्ब रुपैयाँबराबरको बजेटमाथि विष्णुप्रसाद पौडेलले संशोधन गरेका हुन् ।

संशोधित अनुमानअनुसार चालु खर्च ९ खर्ब १४ अर्ब (विनियोजनको ९६.४ प्रतिशत), पुँजीगततर्फ २ खर्ब ८३ अर्ब (विनियोजनको ८०.२ प्रतिशत) तथा वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब (विनियोजनको ७५ प्रतिशत) खर्च हुने बताइएको छ । यो संशोधित अनुमान हालको बजेट खर्चको रफ्तारका आधारमा निकै टाढा छ ।

यस्तै, असार मसान्तसम्म १० खर्ब ७४ अर्ब रुपैयाँ राजस्व उठ्ने अर्थको अनुमान छ ।

निषेधाज्ञामाझ कुन दिन कति राजस्व उठ्यो, कति भयो खर्च ?

सरकारी ढुकुटी कम्फर्टेबल पोजिनमा
महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारी ढुकुटी अहिले सहज स्थितिमा छ । प्रवक्ता पौडेलले भने, “हाम्रो ढुकुटी कम्फर्ट स्थितिमा छ । गत शुक्रबार सरकारी खातामा ९५ अर्बभन्दा बढी रकम थियो ।”

यसबीचमा कोषबाट ३२ अर्ब रुपैयाँ खर्च भएको छ र २१ अर्ब रुपैयाँ राजस्व उठेको छ । यसबाहेक राष्ट्र ऋण, वैदेशिक सहायता तथा ऋण तथा प्रत्यक्ष भुक्तानी प्राप्त भएको पनि छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्