Shikhar Insurance

सीजी ब्रान्डको स्मार्ट प्रविधियूक्त फ्यान र कुलर बजारमा, यस्ता छन् फिचरहरु

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १६:४४
NIMB
Nabil Bank

काठमाडौं । सीजी ब्रान्डले स्मार्ट प्रविधियूक्त फ्यान र कुलर बजारमा ल्याएको छ । ब्रान्डले उचित मूल्यमा डेजर्ट कुलर, कमर्शियल कुलर, पर्सनल कुलर, टावर कुलर र उइन्डो कुलर बजारमा ल्याएको हो ।

कुलरहरूमा टच प्यानल, रिमोट कन्ट्रोल, आईओटी कम्प्याटिबिलिटी, स्मार्ट किसिमले नियन्त्रण, थर्मल ओभरलोड प्रोटेक्शन, क्वाड्रा फ्लो टेक्नोलोजी जस्ता नवीन र परिष्कृत सुविधाहरू रहेको छ । हनीकोम्ब प्याड, ३६० डिग्री टर्बो कुलिङ, एरोडायनामिक फ्यान ब्लेड, डस्ट फिल्टर र आइस चेम्बरहरू पनि ०५ ब्याज फाइनान्स योजना र १२ महिनाको वारेन्टीका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सीजी ब्रान्डसँग स्टाइलिश र उच्च स्तरीय सिलि, स्ट्यान्ड, वाल, टेबल फ्यानहरू छन्, जसले शीतलता मात्र होईन, आराम पनि दिन्छ । यी सबै फ्यानहरू ३ र ५ स्पीड कन्ट्रोल भएको, हेभी मेटल बडी, एरोडायनामिकली डिजाइन गरिएको एल्युमिनियम ब्लेडहरू, वाइड एंगल ओसिलेसन, बिल्ट–इन टाइमर, बलियो र भरपर्दो मोटर जस्ता उच्च प्रविधियुक्त विशेषताहरूले भरिएकाले बढी टिकाउ हुने विश्वास कम्पनीले लिएको छ । सीजी ब्राण्डले गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्