Shikhar Insurance

राष्ट्र बैंकले सुरु गर्यो ‘नेट एनपीएल’ सार्वजनिक गर्न, बैंकिङ क्षेत्र सुरक्षित रहेको सन्देश

सिंहदरबार संवाददाता
२०८० चैत्र १, बिहीबार १५:४३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक नेट एनपीएल सार्वजनिक गरेको छ । बैंकले बिहिबार २० वटै वाणिज्य बैंकहरुको नेट एनपीएलको तथ्यांक सार्वजनिक गरेको हो ।

बैंकिङ क्षेत्र समस्यामा पर्न लागेको हल्लाहरु चल्न थालेपछि केन्द्रिय बैंकले यथार्थ तथ्यांक प्रस्तुत गरेको हो । केन्द्रिय बैंकले सबै वाणिज्य बैंकहरुको तथ्यांक केलाएर कुल एनपीएल निकालेको हो । बैंकका अनुसार सबै वाणिज्य बैंकहरुको एनपीएल अनुपात ३.६३ प्रतिशत छ । यस्तै कुल नेट एनपीएल अनुपात भने १.१३ प्रतिशतमा सिमित छ । विश्वको अन्य देशहरुको तुलनामा नेपाली बैंकहरुको एनपीएल कम छ ।

Citizen Life
Kumar Bank
Nepal Life

केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ९ वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशत माथी पुगेको छ । चार वाणिज्य बैंकको खराब कर्जा २ प्रतिशत भन्दा कम छ । यस्तै नेट एनपीएलतर्फ १० वटा वाणिज्य बैंकको नेट एनपीएल १ प्रतिशत भन्दा मुनी छ । बाँकी १० वाणिज्य बैंकमध्ये कुनैपनि बैंकको नेट एनपीएल २ प्रतिशत भन्दा माथी रहेको छैन ।

एनपीएल भनेको बैंकको खराब कर्जा हो । बैंकले कर्जा प्रवाह गर्ने समयमा १.२५ प्रतिशत प्रोभिजन गर्नुपर्छ । यदी एक महिनासम्म ऋणको सावाँ ब्याज (किस्ता) नउठेमा वाच लिस्टमा राखेर ५ प्रतिशत प्रोभिजन गर्नुपर्छ ।

यस्तै ३ महिनासम्म लगातार किस्ता नआएमा त्यो खराब कर्जा ( एनपीएल) मा गणना हुन जान्छ । जसको लागि  २५ प्रतिशतसम्म प्रोभिजन गर्नुपर्ने हुन्छ । यसैगरी ६ महिनासम्म सावाँ ब्याजको किस्ता नउठेमा ५० प्रोभिजन र एक वर्षसम्म सावाँ ब्याजको किस्ता नआए सतप्रतिसत प्रोभिजन गर्नुपर्ने कानुनी व्यावस्था छ ।

कुन बैंकको कति ?

GBIME

प्रतिक्रिया दिनुहोस्