Shikhar Insurance

१७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका विजेता घोषणा

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १६:५७
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले १७औं टोयोटा ड्रिम कार आर्टकन्टेस्ट सम्पन्न गरेको छ ।

युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले भोईथ कम्प्लेक्समा आयोजित कार्यक्रमका बीच विजेताको घोषणा गर्दै उनीहरूलाई पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट गत डिसेम्बर २०२३ देखि फेब्रुअरी २०२४ सम्म सञ्चालन भएको थियो। देशभरका करिब ८ सय सहभागीहरु मध्ये प्रत्येक इन्ट्री क्याटागोरीबाट ३ जना विजेता घोषणा गरिएको छ। विजेताहरुले आगामी दिनमा जापानमा हुने प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।

क्याटागोरी १ अन्तर्गत ७ वर्ष वा सो भन्दा मुनिको उमेर समूहमा इज्यान खान मलिक, एरिका अधिकारी र साहित्य अयेरले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे । त्यसैगरी क्याटागोरी २ अन्तर्गत ८ देखि ११ वर्ष उमेर समूहमा जिनिशा जेन, रय्य सिंह महर्जन, आर्याव जोशीले क्रमशःपहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।

क्याटागोरी ३ अन्तर्गत १२ देखि १५ वर्ष उमेर समूहमा ओंजाला महर्जन,जेनिशा थापा,जुनिया राईले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे । विजेताहरुलाई प्रमाणपत्रका साथै किताव कलम, नयूमा, हयूमन फितक्राफ्ट एस.आर.बि. हन्दिक्रेफ्त, हन्द्क्रेफ्त, थ्रेड आर्ट, फ्लावोर हबकोतर्फबाट पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामार्फत विश्वभरका बालबालिकाहरुलाई आफ्नो ड्रिम कार ड्रइङ गरेर भविष्यको मोबिलिटी वारेमा आफ्नो धारणा सार्वजनिक गर्ने अवसर प्रदान गरिन्छ । भविष्यका इन्भेन्टर्स, थिंकर्स र ड्रिमर्स बालबालिकाहरुको प्रतिभालाई प्रस्फुटन गर्न यसले सहयोग पुयाउने टोयोटाले अपेक्षा गरेको बताएको छ ।

सन् २००४ देखि टोयोटाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ । गत वर्ष मात्र विश्वभरका ९० देशका ७ लाख ८० हजार बालबालिकाहरुले यस्तै प्रतियोगितामा सहभागिता जनाएका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्