Shikhar Insurance

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १९:१०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । कम्पनीको फागुन २४ गते बसेको बैंठकको निर्णय अनुसार अध्यक्षमा उपाध्याय नियुक्त भएका हुन् ।

उनले फागुन ३० गते नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली डिभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टद्वारा शपथ ग्रहण गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

शपथ ग्रहण समारोहमा उपाध्यायले भने, ”नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड सिमलेस एकीकरण, उच्च स्तरको सुरक्षा, र यूएसएस(अफलाइन) मोड जस्ता सुविधाहरूद्वारा सुविधाजनक, सुरक्षित र पहुँचयोग्य भुक्तानी प्रणाली सुनिश्चित गर्दै मानिसहरुले रकम पठाउने र प्राप्त गर्ने तरिकामा क्रान्ति ल्याउने लक्ष्य राखेको छ । हाम्रो समर्पित टोली र रणनीतिक साझेदारहरूसँग मिलेर हामी सबै नेपाली नागरिकहरूका लागि सहि र सुरक्षित भुक्तानी इकोसिस्टम सिर्जना गरि नयाँ प्रविधिको प्रयोग द्वारा वित्तीय समावेशीकरण र आर्थिक विकासलाई अभिवृद्धि गर्न निरन्तर प्रयास गर्नेछौँ ।”

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनीद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्