Shikhar Insurance

२ करोड लगानी गरेको एचटीटीपुलले एकैवर्ष कमायो ६० करोड, नेपाली विज्ञापन बजार खोसिदै

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १९:०९
NIMB
Nabil Bank

काठमाडौं । एचटीटीपुल बाई अल्फा नेपालले एकैवर्ष ६० करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ६० करोड बराबरको व्यापार गरेको हो ।

विश्व चर्चित ब्राण्ड मेटाको आधिकारिक एजेन्सी लिएको कम्पनीले एकै वर्ष ठूलो मात्रामा व्यापार गरेको हो। कम्पनीले सन् २०२२ मा मात्रै मेटाबाट आधिकारिक एजेन्सी लिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

आन्तरिक राजस्व विभाग स्रोत अनुसार कम्पनीले २५ करोड नाफा लगिसकेको छ । विभाग स्रोतले भन्यो ‘सन् २०२२ मा २ करोड लगानी गरेको कम्पनीले ६० करोडको व्यापार गरेको छ, प्रविधिमा सानो लागनीबाट ठूलो आम्दानी हुने रहेछ तर कुनै पनि नेपालीले यसतर्फ ध्यान दिएका छैनन ।’

नेपालमा मेटाका सञ्जालहरु फेसबुक, ह्वाट्एप लगायत लोकप्रिय छन् । विशेगरी विज्ञापन बजारका लागि फेसबुक उपयुक्त माध्याम बनेको छ । फेसबुकले कुनै पनि सामाग्रीले लक्षित वर्गसामू पुर्याउने गर्छ । यद्यपी यसका लागि उसले सेवा शुल्क लिने गर्छ ।

उद्योग र व्यापार मात्रै नभई व्यक्तिगत प्रयोगजनको लागि पनि फेसबुकमा बुष्ट गर्ने प्रचलन बढेको छ ।  कम्पनीले विदेशी तथा स्वदेशी बजारमा विदेशी माध्यम प्रयोग गरी विज्ञापन गर्न चाहानेहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

उदाहरणका लागी नेपाली कुनै उद्योग तथा ट्रेडर्सले कुनै वस्तु तथा सामाग्रीको फेसबुक बुष्ट, विश्वका चर्चित संचार माध्यमहरुबाट प्रकाशन तथा प्रशारण गर्न चाहेमा कम्पनीले ब्रोकरको काम गर्ने गर्दछ ।

कम्पनीले व्यापार बढाउँदा नेपाली विज्ञापन बजार भने खोसिन पुगेको छ । नेपाली कम्पनीहरुले विदेशमा वस्तु तथा सामाग्री बिक्री गर्नका लागि भने विज्ञापन गरेका होइनन । उनीहरुले नेपाली ग्राहकलाई नै लक्षित गरेर विज्ञापन बनाएका हुन्।

कम्पनीले नेपालमा मात्रै नभई अफ्रिका, सेन्ट्रल इस्ट युरोप र एशिया प्यासिक रिजनमा डिजिटल मार्केटिङ सम्बन्धि काम गरिरहेको छ । कम्पनीले नेपाली रुपैयाँमा नै सेवा दिइरहेको उल्लेख छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्