Shikhar Insurance

धादिङमा चितुवाको आक्रमणमा परी चार जना घाइते, चितुवालाई स्थानीयले मारे

सिंहदरबार संवाददाता
२०८० चैत्र ६, मंगलवार १२:१३
NIMB
Nabil Bank

काठमाडौं । निलकण्ठ नगरपालिका वडा -७ तल्लोबेसी धादिङमा चितुवाको आक्रमणमा परी चार जना घाइते भएका छन्। मंगलबार बिहान बस्ति पसेको चितुवाले स्थानीयवासीहरुलाई आक्रमण गरेको हो ।

आक्रमणबाट स्थानीय चार जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको स्थानीयवासी माधव अधिकारीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भिर छ । २ जनाको स्थिति भने सामान्य छ । आक्रमण गर्ने चितुवालाई स्थानियवासीले नियन्त्रणमा लिएर मारेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

धादिङको जङगलहरुमा जथाभावी आगलागी हुदाँ आहाराको खोजिमा चितुवा बस्ति वसेको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।

प्रमुख आचार्यले सिंहदरबारसँग भने ‘आहाराको खोजिमा चितुवा वस्ति पसेको रहेछ, चितुवाले गाउँको एक कुकुरलाई लिएर खाइरहेको अवस्थामा स्थानियवासी भेटेपछि मान्छेलाई समेत आक्रमण गरेको रहेछ।’ कार्यालयले चितुवालाई पोष्टमार्टम गरी गाड्ने प्रकृया सुरु गरेको छ ।

प्रमुख आचार्यको अनुसार अहिले धादिङका जंगलहरुमा जथाभावी डढेलो फैलने क्रम बढेको छ । ‘गर्मी याममा चितुवाका लागि पानी र आहारा कमि हुने गर्दछ, यसमाथी डढेलोले गर्दा झन् समस्या थपेको छ, प्रमुख आचार्यले भने चितुवाले छिट्टै मान्छेमाथी आक्रमण गर्दैन निकै अप्ठ्यारो अवस्था भएपछि मात्रै आक्रमण गर्ने गर्छ ।’  उनका अनुसार प्रतिकारमा चितुवा मारिएकोले कुनै पनि कानुन आकर्षित हुदैंन ।

GBIME

प्रतिक्रिया दिनुहोस्