Shikhar Insurance

पर्यटक बढाउन पोखराका होटेलमा २० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० चैत्र ६, मंगलवार १६:५१
NIMB
Nabil Bank

गण्डकी । होटल सङ्घ पोखरा नेपालले १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा विशेष छुट दिने भएको छ । होटलले चैत २९ देखि वैशाख १ गतेसम्म आयोजना हुने महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

महोत्सवका अवसरमा सङ्घ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तयारी गरेको सङ्घका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी दिए । महोत्सवको तयारीका लागि विभिन्न २१ वटा उपसमिति गठन गरिएको उनले बताए । उपसमितिका साथै लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकसमेत तोकिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सङ्घका उपाध्यक्ष दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । महोत्सव प्रचारप्रसारको मुख्य जिम्मेवारी सङ्घका महासचिव राजेन्द्र ढकाललाई दिइएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मक रुपमा लिएको सङ्घले जनाएको छ ।

नेपाली कला र मौलिक संस्कृतिको संरक्षण गर्दैै नेपाली नयाँ वर्षलाई उल्लासपूर्ण रुपमा मनाउने उद्देश्यसहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म महोत्सव गर्न लागिएको हो । पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्