Shikhar Insurance

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख २७ हजार ८ सय

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार ११:१९
NIMB
Nabil Bank

काठमाडौं । आज (विहिबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय रूपैयाँले हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

अघिल्लो दिन सुनको मूल्य स्थिर रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख २७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजावी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

Citizen Life
Kumar Bank
Nepal Life

आज चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँ बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ५५ रूपैयाँ पुगेको छ भने अघिल्लो दिन १ हजार ५ सय २० रूपैयाँमा कारोबार भएको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्