Shikhar Insurance

‘नेपालमा उद्यमी र करदातामाथी छानी-छानी आक्रमण गरिदैंछ’ : सांसद चौधरी

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार ११:३४
NIMB
Nabil Bank

काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा खर्बपति विनोद चौधरीले बाँसबारी जग्गाको विषयलाई राजनितिकरण गरिएको बताएका छन् ।सांसद चौधरीले केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) प्रयोग गरेर स्टन्ट गरेको बताएका हुन् । सीआईबीमा बयान दिन पुगेका चौधरीले बाहिरिने क्रममा सो सामान्य विषयलाई राजनितिकरण गरेको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सांसद चौधरीले भने ‘यो गोप्य पत्रको नाम भन्दा म सांसदमा थिए संसद चलेको तीन मिनेटभित्र त्यहाँ अनुसान्धनको बारोमा जानकारी गराइएको पत्र जुन रुपमा देशभर फैलियो यसको स्टन्ट के उदेश्यबाट भएको भन्ने स्पष्ट भएको छ । मेरो भाइ माथिको अनुसान्धान सूरु हुने बित्तिकै बैठकमा जुन कुरा राखियो सो कुरा सबैलाई थाहा भएको कुरा कुरा हाे ‘

उनले भने ‘४२ वर्ष अगाडी बाँसबारी जस्तो ठाँउकाे अनकन्टार/ कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाई एउटा त्यो बेलामा पव्लीक  प्राइवेट पाटनरको रुपमा खडा गरी एउटा नविन्तम सोचलाई जुन किसिमबाट राजनीतिककरण गरियो याे निकै दुख लाग्दो छ ।’

उनले भने ‘४६ वर्ष अगाडी १० रोपनी बाँसबारीको जग्गालाइ कति पर्छ सबैले अनुमान गर्ने सक्नेछन् । यो देशको एक मात्र हजाराैं रोपनीको नीजि औैद्योगिकग्राम  स्थापना गर्ने गुप्रले मुलुक भरि नै विभिन्न स्थानमा विगत १ सय ४० वर्ष देखि सम्पुर्ण योजना सिहत कमगर्ने गुप्रले यो १० रोपनी जग्गाको बारेमा कुनै पनि कुद्रिष्ठी राख्छ भनेर सोच्नु नै गलत मानसिकताको उपज बाहेक केही होइन ।’

उनले भने ‘ मैलेआज ४५ वर्षको लामो अभियनमा एउटा उद्यमीको हैसिएतले कहिल्यै पनि दल गत राजनितिक गरिँन, कुनै पनि जोड घटाउमा सामेल भइँन मात्र विकास प्रेमिको हैसिएतले गरे । विश्वभरी रहेका नेपालली युवा करदाताहरुले कुन यस प्रकरण बाट कुन सन्देश आफ्नो मनमा लिएरा जाने भन्नले कुराको हेक्का राज्यले राख्नुपर्ने हो ।’

४५ वर्षको यत्रा पछि आफ्नो चरित्रको सर्टिपिकेट कसैलाइ बुझाउनु नपर्ने तथा खासगरी स्टन्ट गर्नेहरुलाई आफुले चारित्रिक प्रमाण दिन आवस्यक नरहेकाे समेत चाैधरीकाे जिकिर रहेकाे छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा चौधरीसँग बयान लिएको हो । सीआईबीले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको अधिकारीको रहोवरमा चौधरीसँग बयान लिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्