Shikhar Insurance

नयाँ सिजी चिम्नी र इमर्जेन्सी बल्ब बजारमा, यस्ता छन् मूल्य र फिचर्स

सिंहदरबार संवाददाता
२०८० चैत्र ९, शुक्रबार १८:३४
NIMB
Nabil Bank

काठमाडौं । इओएल प्रालिले चार नयाँ मोडलका चिम्नीहरू सार्वजनिक गरेको छ । चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी इओएलले नयाँ विषेशता भएको चिम्नी सार्वजनिक गरेको हो ।

सिजी ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरू ‘सीजीसीटी ९० एफएलडीसी’, ‘सीजीसीटी ७५ एफएलडीसी’, ‘सीजीसीटी ९० डीबीडीएक्स’ र ‘सीजी सीटी ७५ वाईसी’ सार्वजनिक गरिएको हो । कम्पनीका ‘ब्रान्ड एम्बेसडर’ सुरक्षा पन्तले चिम्नी सार्वजनिक गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

एचएसी फिल्टरलेस सिरिजमा ९० सेमी र ७५ सेमीमा उपलब्ध छ । यस्तै, १२५०मि./३ घण्टाको उच्च सक्शन पावर, अटो क्लीन टेक्नोलोजी र मोशन सेन्सर, उत्कृष्ट फिचर भएको चिम्नी, २६ हजार ५ सय ९० र २५ हजार ७ सय ९० क्रमशः उपलब्ध छन् ।

एचएसी फिल्टर श्रृंखलामा, ‘सीजीसीटी९०डीबीडीएक्स’ मोडेल ‘सीजीसीटी९०डीबी’ को लोकप्रियतालाई निरन्तरता दिँदै सक्शन पावरलाई १३५० मि./३ घण्टामा अपग्रेड गरेर लन्च गरिएको छ । यसमा बाफल फिल्टर, अटो क्लीन टेक्नोलोजी, टेम्पर्ड ग्लास र टच/मोशन कन्ट्रोल छ । यसको मूल्य २९ हजार १ सय ९० रहेको छ ।

तीनवटै मोडलहरू उत्कृष्ट छन् र मोटरमा ५ वर्षको वारेन्टीसहित आउने कम्पनीले जनाएको छ । अनावरण गरिएको चौथो मोडेल सीजी ‘सीटी७५वाईसी’ हो, जसको मूल्य २२ हजार ३ सय ९० रहेको छ । यसमा १२५० एम ३ घण्टा, उच्च सक्शन पावर, टच र मोशन कन्ट्रोलसहितको बाफल फिल्टर र ७५ सेमी मा उपलब्ध रहेको कम्पनीले जानकारी दिए । यसको मोटरमा २ वर्षको वारेन्टी रहेको छ ।

विद्युतीय सामाग्रीमा, ५ घण्टा ब्याट्री ब्याकअप, द्रुत चार्जिङ, २२०० एमए ली ईअन ब्याट्री र ≥ ०.५ को उच्च पीएफ जस्ता उत्कृष्ट सुविधाहरू भएको ९ वाट इमर्जेन्सी बल्ब पहिलो पटक उक्त कार्यक्रममा अनावरण गरिएको छ । यसमा १२ महिनाको वारेन्टी र फ्री होल्डरको साथ आउने कम्पनीले उल्लेख गरेका छन् । बजारको तुलनामा यो बल्ब उज्ज्वल, उल्लेखनीय र उत्कृष्ट छ । यसको मूल्य ७ सय ५० रहेको छ ।

सुरक्षा पन्त र सिजी इलेक्ट्रिक बिचको सहकार्यले निश्चित रूपमा हाम्रा अन्तिम ग्राहकहरूलाई प्रेरित गर्न र विद्युतीय उपकरणहरू र नवीकरणीय ऊर्जा क्षेत्रमा ब्रान्डको स्थितिलाई बलियो बनाउन मद्दत गर्दै आएको कम्पनीले जानकारी दिए । सुरक्षा पन्त झण्डै एक वर्षदेखि सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर हुन् । सिजी अधिकारीले कार्यक्रममा पन्तको उपस्थिति र सहयोगको लागि कृतज्ञता व्यक्त गरेका छन् ।

चौधरी ग्रुपको सिजी ब्रान्ड नेपालमा उपभोक्ता इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल व्यवसायको अग्रगामी हो । सिजी इलेक्ट्रिक ब्रान्डको देशभर वितरण क्षमता र बलियो बिक्री नेटवर्कले नेपालको विद्युतीय बजार क्षेत्रमा क्रान्तिकारी परिवर्तन गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्