Shikhar Insurance

दुर्गा प्रसाईको मेडिकल कलेजलाई लाइसेन्स दिन सर्वोच्चको आदेश, आधा दर्जन बैंकलाई राहत

सिंहदरबार संवाददाता
२०८० चैत्र १२, सोमबार १७:२२
NIMB
Nabil Bank

काठमाडौं । दुर्गा प्रसाईको मेडिकल कलेजलाई लाइसेन्स दिन सर्वोच्च अदालतले सरकारको नाममा आदेश दिएको छ । सोमबार न्यायधिस कुमार चुडेल र सारंगा सुवेदीको संयुक्त इजलासले लाइसेन्स दिन आदेश दिएको हो ।

प्रसाईले आधा दर्जन बैंकबाट करिब ६ अर्ब ऋण लिएर झापामा मेडिकल कलेजको पुर्वाधार निर्माण गरेका छन् । बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालीले झापामा मेडिकल कलेजको पुर्वाधारको काम सबै सकिसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तर सरकारबाट अनुमति नपाउँदा प्रसाई आन्दोलित भएका थिए । कलेजले अनुमति नपाएपछि प्रसाईले कहिले बैंक तथा वित्तिय संस्था विरुद्ध त कहिले राजतन्त्र ल्याउनुपर्छ भनि अभियान सञ्चालन गरेका थिए ।

प्रसाईको कलेजले अनुमति पाएसँगै अब ऋण लगानी गरेका बैंकहरुलाई पनि सहज भएको छ । मेडिकल कलेजमा ग्लोबल आईएमई बैंक, नबिल बैंक लगायतको ऋण लगानी छ ।

प्रसाईको बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालीले तत्कालीन जनता बैंक (ग्लोलब आइएमई) बाट एक अर्ब रुपैयाँ ऋण लिएका थिए । जनता बैंक (ग्लोबल आइएमई) को नेतृत्वमा (सह–वित्तीय) अस्पताललाई नबिल बैंकले ७६ करोड, एनसिसी (कुमारी बैंक)ले १ अर्ब, राष्ट्रिय वाणिज्यले ७० करोड, मेगा (नेपाल इन्भेष्टमेन्ट मेगा) बैंकले ६५ करोड ऋण दिएका थिए ।

ऋण लिने बेला बैंक र ऋणीबिच कलेजले आम्दानी नगरुन्जेलसम्म ऋणको सावा ब्याज तिर्न नपर्ने भनि सम्झौता गरेको थियो । यसै बाहानामा बैंकको ६ अर्बको सावा तथा ब्याज भुक्तानी हुन सकेको थिएन ।

GBIME

प्रतिक्रिया दिनुहोस्