Shikhar Insurance

गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन

सिंहदरबार संवाददाता
२०८० चैत्र १३, मंगलवार १४:४०
NIMB
Nabil Bank

शुक्लाफाँटा नगरपालिका– ५ गर्जमुनिकी ४३ वर्षिया ज्ञानुदेवी बादीको परिवार छ वर्षअघि भारत पलायन भएका थिए । पूख्र्यौली पेसाले जीविका चलाउन नसकेपछि उनको परिवार मुम्बई पलायन भएका हुन् ।

मुम्बई पुगेपछि उनको श्रीमान्को उतै मृत्यु भयो । श्रीमान्को मृत्युपछि परिवार चलाउनै मुस्किल भयो । ज्ञानुको दुख झन् थपियो । ज्ञानुको दुई वर्षअघि नेपाल आउने क्रममा रेलबाट खसेर दुवै खुट्टा काटिए उनले भने ‘नजिकै रहेका प्रहरी र यात्रुहरुले रेल मुनिबाट तानेर ज्यान जोगाए । अस्पतालमा लागेको उपचार खर्च आफन्तसँग सापटी लिएर र्तिएका थिए । काटिएका दुवै खुट्टा अझै निको भएको छैन् । ऋण लागेपछि दुवै छोराको पढाइ रोकियो । सामाजिक सुरक्षा भत्ता पाइएमा केही राहत हुने आशा छ । आफ्नो घर भत्किएपछि भारतबाट फर्केर छिमेकीकहाँ शरण लिएर बस्दै आएका छन् ।’

Citizen Life
Kumar Bank
Nepal Life

ज्ञानु बादी एउटा प्रतिनिधि पात्र मात्र हो । गर्जमुनिका १० परिवार बादीमध्ये पाँच परिवार भारत गएका छन् । मोहन, राजु, गणेश, पप्पु र भरत बादी घरमा ताल्चा लगाएर भारत गएका हुन् । मोहन, राजु र पप्पु बादीले छोराछोरी बस्तीकै अरुका जिम्मामा छोडेका छन् ।

अरु परिवार श्रीमती छोराछोरी लिएर भारत गएका छन् श्यामकुमाल बादीले भने तीन परिवारले मेरै जिम्मामा उनीहरुका केटाकेटी छाडेर गएका छन् । भारतमा पुरुषले कुल्ली, चौकीदार, ज्यालादारी मजदुरी गर्छन् । महिलाले घर सरसफाइको काम गर्दै आएको उनले बताए ।

बादी समुदायको पूख्र्यौली पेसा सुल्पा, हुक्कालगायत माटोका भाँडा बनाउने हो । तर समयक्रमसँगै त्यस्ता सामानले बजार नपाएपछि मजदुरीका लागि भारत जानुपरेको उनको भनाइ रहेको छ । विगतमा नाचगान गर्दै गाउँटोलमा माग्ने काम चलन पनि थियो, केहीले गाउँका जमिन्दारको हलो जोत्थे उनले भने अहिले मागेर कसैले दिदैनन् माग्न पनि नराम्रो लाग्छ, त्यो काम सबैले छोडिसके ।

आर्थिक अवस्था कमजोर भएकाले बादी समुदायका बालबालिकाका नियमित विद्यालय जान सकेका छैनन् । विद्यालयले किताब निःशुल्क दिएपनि पोसाक, कापी, कलमलगायतका स्टेसनरी खरिद गर्न धौधौ छ ।

साँझ बिहानको खानाको छाक कटाएर शुःल्क तिर्दै आएका छौँ स्थानीय बिष्ना बादीले भने केही महिनाअघि सरस्वती पूजा भनेर बालबालिकाबाट १ सय ५० रकम विद्यालयले लियो, परीक्षा शुल्क भनेर अरु पैसा पनि लिन्छन् । विद्यालयले भर्ना र मासिक शुःल्क लिने गरेकाले मजदुरी गरेको पैसाले घरखर्च चलाउने की बालबालिकालाई पढाउने समस्या हुने उनको गुनासो रहेको छ ।

बादी समुदायको बस्ती निकुञ्जसँगै जोडिएको छ । हात्तीलगायतका जङ्गली जनावरको त्रास उत्तिकै छ । हात्ती आएको थाहा पाउन रातको समयमा बस्तीका घर देखिने बत्तिको माग गर्दै आए पनि व्यवस्था नभएको उनीहरुको गुनासो छ । स्याली नदीले बर्षेनि जग्गा कटान गरेको छ । बस्ती सुरक्षित बनाउन तटबन्धको माग गरेपनि पूरा नभएको पविसरा बादीले बताए ।

दातृ निकाय र सरकारी निकायले सीपमूलक, आयआर्जन र रोजगारमूलक कार्यक्रममा गर्जमुनिका बादी समुदायलाई समेट्न नसकेको पविसराको आरोप छ । सुरक्षित आवास कार्यक्रमअन्तर्गत सम्पन्नले घर बनाए तर बादी समुदाय वञ्चित भए । स्थानीय सरकारले सञ्चालन गर्ने सय दिने प्रधानमन्त्री रोजगार कार्यक्रममासमेत बादी समुदायलाई नसमेटिएको उनीहरुको दुखेसो छ ।

विपन्नका लागि कम्बल वितरण गर्ने कार्यक्रम नगरपालिकाले १२ वटै वडामा गरेपनि बादी समुदाय वञ्चित भएका छन् । गर्जमुनिका बादी समुदायसँग घरवासका लागि दुईदेखि तीन कठ्ठा जग्गा छ । केही परिवारले मजदुरी गरी घर बनाउन थालेपनि पूरा गर्न सकेका छैनन् । सामाजिक विभेद उत्तिकै छ ।

बादी समुदायलाई खाना पकाउन आगो बाल्न समेत समस्या छ । निकुञ्जबाट दाउरा ल्याउन गए जरिवाना स्वरुप ५ सय तिराइन्छ, सामुदायिक वनबाट दाउरा पाइदैन पविसराले भने बस्तीमा खानेपानीको अभाव छ । पहिला होटलमा चिया खाए गिलास धुनुपर्ने अवस्था थियो । त्यो भने हटेको छ ।

गर्जमुनिका वडा अध्यक्ष चक्रबहादुर खडकाले बादी समुदायका लागि ५० हजार बजेटको व्यवस्था गरेको बताए । बादी समुदायकै मागको आधारमा विनियोजित बजेटको कार्यक्रम बनाएर लागू गरिने उनले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्