Shikhar Insurance

विश्वमा आक्रामक बजार विस्तार गर्दै बीवाइडी, ७० लाख गाडी उत्पादन

सिंहदरबार संवाददाता
२०८० चैत्र १३, मंगलवार १९:३७
NIMB
Nabil Bank

काठमाडौं । चिनियाँ विद्युतिय गाडी कम्पनीले आक्रामक रुपमा बजार विस्तार गरेको छ । विद्युतिय गाडी सेग्मेन्टमा अन्य कम्पनीलाई पछि पार्दै बिवाईडी अघि लागेको हो ।

बीवाइडीले ७० लाख युनिट नवीकरणीय ऊर्जा (विद्युत) बाट सञ्चालन हुने गाडी उत्पादन गरेको छ । कम्पनीले सन् २०२१ मा १० लाख, २०२३ मा ५० लाख र यो वर्ष २०२४ मा ७० लाख सवारी साधन उत्पादन गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बीवाईडीले शक्तिशाली प्रिमियम ब्राण्डका गाडीहरु समेत उत्पादन सुरु गरेको छ । हालसालै मात्र कम्पनीले डेन्जा एन-७ लञ्च गरेको हो । यो गाडीले एक पटकको चार्जमा ७ सय २ किलोमिर गुड्ने कम्पनीको दाबी छ । बीवाइडीले सन् २०२१ मा १० लाख इभी उत्पादन गरेको थियो । कम्पनीले त्यसपछिको १८ महिनामै उत्पादनको संख्यालाई ३ गुणाले बढाएर थप ९ महिनामा ५० लाख युनिट गाडीको उत्पादन बढाएको कम्पनीले जनाएको छ ।

कम्पनीले हालसम्म, थाइल्याण्ड, ब्राजिल, उजबेकिस्तान र हंगेरीमा समेत बजार विस्तार गरिरहेको छ ।  यो वर्ष बीवाइडीले युइएफएले युरोपियन फुटबल च्याम्पियनशिप (यूरो कप) २०२४ को आधिकारिक स्पोन्सर गर्दैछ । कम्पनीले ब्याट्री, इलेक्ट्रिक मोटर र इलेक्ट्रोनिक कन्ट्रोलरहरू जस्ता साधनहरूको सम्पूर्ण औद्योगिक श्रृंखलाको मुख्य प्रविधिहरूमा सफलता हासिल गरेको छ ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्