Shikhar Insurance

‘ग्लोबल मनि विक’मा एभरेष्ट बैंकले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम, ३ हजारभन्दा बढी विद्यार्थी लाभान्वित

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १३:४८
NIMB
Nabil Bank

काठमाडौं । एभरेष्ट बैंकले ‘ग्लोबल मनि विक-२०२४’ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले फागुन ५ गतेदेखि आयोजना गरेको कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमबाट ३ हजार भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् । उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा छलफल भएको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले हालसम्म आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र क्ःक् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्