Shikhar Insurance

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजार ५ सय ९० जना लाभान्वित

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १६:५९
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजार ५ सय ९० जना लाभान्वित भएका छन् । ‘ग्लोबल मनी विक-२०२४’ को अवसरमा बैंकले सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन सम्पन्न गरेको हो ।

यही चैत्र ५ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक २०२४ प्रोटेक्ट योर मनि, सेक्योर योर फ्युचर मुलनाराका साथ देशव्यापी रुपमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको हो । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैकको देशैभरीका शाखा कार्यालयहरुले विद्यार्थी, युवा, प्रहरी, कर्मचारी, मजदूर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउन उद्धेश्यले वित्तीय संचेतना कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग, ७१ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्