Shikhar Insurance

कुमारी बैंकको मोबाइल बैंकिङ्क एपद्वारा निक्षेपको ९० प्रतिशत कर्जा लिन सकिने

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १७:१८
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंकले ग्राहकहरुका लागि एक बम्पर अफर ल्याएको छ । बैंकले मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले मोबाइल बैंकिङ्क एपद्वारा निक्षेपको ९० प्रतिशत सम्म कर्जा सुविधा लिन सकिने अफर ल्याएको हो ।

मोबाइल बैंकिङ्क एपद्वारा कर्जा लिँदा ब्याजदरमा ०.२५ प्रतिशत छुट पनि रहेको कम्पनीले जनाएको छ । यस्तो प्रकारको कर्जा लिनको लागी कुनै पनि किसिमको कागजी प्रकृयाहरु नहुने र मोबाइल बैंकिङ्क एप मार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने बैंकले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

निक्षेपकर्ताले आफ्नो मुद्वती निक्षेपलाई रद्व नगरी, मोबाइल बैंकिङ्क एपमार्फत सामान्य केहि क्लिकहरु गरेको आधारमै बैंक खातामा तुरुन्तै कर्जाको रकम प्राप्त गर्न सक्नेछन् । बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्