Shikhar Insurance

कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट करिब ५ हजार ६ सय विद्यार्थी लाभान्वित

सिंहदरबार संवाददाता
२०८० चैत्र १५, बिहीबार १५:३९
NIMB
Nabil Bank

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोबिन्द गुरुङको उपस्थितिमा कोशी प्रदेशको हरिनगरा माध्यमिक बिद्यालयमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई सीईओ गुरुङले वित्तीय साक्षरताका सम्बन्धमा बैंक, विद्युतिय बैंकिंग सेवा, क्रिप्टो करेन्सी, क्यास लेश, पेपरलेश बैंकिङ सेवाहरु, बेलैमा बचत गर्ने बानीको बिकास, कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदाहरुका बारेमा जानकारी दिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, विद्युतिय कारोबार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन जस्ता विषयका सम्वन्धमा जानकारी गराउनुका साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादनमुलक क्षेत्रमा लगाउनु पर्ने बारे पनि गुरुङले प्रकाश पारे ।

बैंकले चैत्र ५ गतेदेखि ११ गतेसम्म सामुदायिक विद्यालय लगायत बिभिन्न २४ स्थानहरुमा वित्तीय सारक्षता कार्यक्रम संचालन गरेको थियो । सो कर्यक्रमबाट करिब ५ हजार ६ सय विद्यार्थीहरु लाभान्वित भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्