Shikhar Insurance

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर : अत्याधुनिक कन्भर्सेसनल एआई प्रदान गर्ने लक्ष्य

सिंहदरबार संवाददाता
२०८० चैत्र १५, बिहीबार १८:११
NIMB
Nabil Bank

काठमाडौं । राकुटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ । “कन्भर्सेसन इज द न्यू इन्टरफेस” भन्ने मूल नाराका साथ यस सहकार्यको परिणामस्वरूप राकुटेन भाइबरले अत्याधुनिक कन्भर्सेसनल एआई प्रदान गर्ने भएको हो ।

भाइबर प्रयोगकर्ताहरूले अडवान्स्ड कन्भर्सेसनल क्षमताहरू मार्फत् मेसेजिंग एक्सपीरियंस वृद्धि गर्दै पीआईमा एक्सेस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । पर्सनल इन्टेलिजेन्स अर्थात् पीआई नाम अनुसार नै प्रयोगकर्ताहरूसँगको कुराकानीमा एक्सेप्सनल इम्प्याथी र सपोर्टिभ पर्सनालिटीको प्रवेश गराउँने कम्पनीले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले भने,”इन्फ्लेक्शनद्वारा संचालित यो इन हाउस-बिल्ट इन्फ्लेक्शन-२.५ लार्ज ल्याङ्ग्वेज मोडेल, कि इन्डस्ट्री बेन्चमार्कहरूका आधारमा विश्वकै बेस्ट फाउन्डेसन मोडेलहरू बराबर हुनेछ । पीआईले प्रयोगकर्ताहरूका जिज्ञासाहरू समाधान गर्नको लागि स्मार्ट आईक्यूसँग वर्ल्ड-बिटीङ ईक्यूको समेत संयोजन गर्दछ । यस मार्फत् भाइबर प्रयोगकर्ताहरूले सल्लाह माग्न, अप-टु-डेट जानकारी लिन वा केवल च्याट गर्न पनि सक्छन्।”

पीआईले उनीहरूलाई आफ्ना विचारहरू अर्गनाईज गर्न, स्पष्ट योजनाहरू बनाउन, जागिर र करिअर सम्बन्धि कुरा गर्न तथा स्वस्थ बन्न सघाउने, नयाँ सीप सिकाउने, लेटेस्ट समाचारहरू जान्न वा केवल च्याट गर्ने मुड भए त्यो पनि गरेर मद्दत गर्नेछ । अब पीआई चौबीसै घण्टा भाइबर प्रयोगकर्ताहरूका लागि एउटा नजिकको साथीको रूपमा उपलब्ध हुनेछ।

नयाँ पर्सनल एआई सँगसँगै यस प्लेटफर्ममा सबै प्रयोगकर्ताहरूलाई अर्को तीन महिनाका लागि साथीहरूसँग कन्भर्सेसन् गर्दा र पीआईसँगका च्याटहरूमा प्रयोग गर्नका लागि पीआई’ इन्सपायर्ड स्टिकरहरू पनि उपलब्ध छन्। प्रयोगकर्ताहरूले “आई क्यान हेल्प यु”, “लेट्स टक”, “हाई फ्रेन्ड” र “लभ यू” जस्ता एक्सप्रेसिभ, सहयोगी र फ्रेन्डली लाइन भएका स्टिकरहरू मार्फत् च्याटमा सकारात्मक मेसेजहरू पनि देखाउन सक्ने कम्पनीले बताए । राकुटेन भाइबरले अर्डरिङ सेवामार्फत् इन्स्ट्यान्ट इन(एप पेमेन्टहरू र मनोरञ्जनात्मक च्यानल, स्टिकर, जीफ र च्याटबटहरूको बृहत् सङ्ग्रहद्वारा उत्कृष्ट कन्भर्सेसन् र बिजनेसलाई समेत सशक्त बनाउने कार्य गर्दै आएको छ ।

“राकुटेन भाइबर विश्वभरका स्मार्टफोन प्रयोगकर्ताहरूका लागि शक्तिशाली र सजिलै प्रयोग गर्न सकिने कम्यूनिकेशन केपेबिलिटीजमा समान पहुँच प्रदान गर्न प्रतिबद्ध छ। हाम्रो प्लेटफर्ममा पीआईलाई जोड्दै हामी आफ्ना लाखौं प्रयोगकर्ताहरूहरूको जीवनमै पहिलो पटक शक्तिशाली र हाइली कन्भर्सेसनल एआई असिस्टेन्टहरू ल्याएर अर्को महत्त्वपूर्ण कदम चाल्दैछौं।” राकुटेन भाइबरका ग्लोबल मार्केटिङ र ग्रोथका वाइस प्रेसिडेन्ट अटानस रेकोभले टिप्पणी गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्