Shikhar Insurance

१५ प्रतिशत लाभांश र एफपीओ पारित गर्न नेशनल लघुवित्तको साधारण सभा आज बस्दै

सिंहदरबार संवाददाता
२०८० चैत्र १६, शुक्रबार १०:०६
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आज बस्दै छ। कम्पनीले फागुन १७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार चैत १६ गते (आज)धुलिखेल लज रिसोर्ट, धुलिखेल–काभ्रेपलाञ्चोक बिहान १०:३० बजेदेखि १०औं वार्षिक साधारण सभा बस्ने भएको हो ।

सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७।५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभाले ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रीताव पारित गर्नेछ।

साथै, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ३० गतेदेखि चैत्र १६ गतेसम्म बुक क्लोज गरी सकेको छ । जसअनुसार अघिल्लो (फागुन २९) दिनसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी सभामा भाग सहभागी भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्