Shikhar Insurance

सुनको मूल्यले गर्‍यो रेकर्ड ब्रेक, प्रतितोला १ लाख ३० हजार

सिंहदरबार संवाददाता
२०८० चैत्र १६, शुक्रबार १०:५७
NIMB
Nabil Bank

काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम राखेको छ । सुनको मूल्य २१ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ रहेको थियो ।

यो मूल्य हालसम्मकै उच्च हो । यो भन्दा अगाडि चैत महिना मै प्रतितोला १ लाख २८ हजार ८ सय रुपैयाँले रेकर्ड ब्रेक गरेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्