Shikhar Insurance

अर्थमन्त्री पुनद्वारा बजेट लेखन समिति गठन

सिंहदरबार संवाददाता
२०८० चैत्र १६, शुक्रबार १८:०८
NIMB
Nabil Bank

काठमाडाैं । अर्थमन्त्री वर्षमान पुन अनन्तले बजेट मस्यौदा लेखन समिति गठन गरेका छन् । मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रबार समिति गठनको निर्णय गरेका हुन् ।

सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरु रितेश कुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन् भने पार्वती शर्मा आन्तरिक राजश्व कार्यालयमा उपमहानिर्देशक छिन् ।

समितिका संयोजक शर्माले शनिबार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिए । विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने शर्माको भनाइ छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्