Shikhar Insurance

केन्ट आरओको बम्पर अफर, सामान खरिदमा ‘सिजी इलेक्ट्रीक केन्ट’ पाउने

सिंहदरबार संवाददाता
२०८० चैत्र २७, मंगलवार १८:०९
NIMB
Nabil Bank

काठमाडौं । सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले नयाँ वर्ष २०८१ लाई लक्षित गरी एक नयाँ योजना ल्याएको छ । केन्ट आरओले केन्टको कुनै पनि आरओमोडलको खरिदमा इलेक्ट्रिक केटल (सिजी इलेक्ट्रीक केन्ट) पाउन सक्ने योजना सार्वजनिक गरेको हो ।

यो योजना चैत २३ देखि सिमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ । ‘तपाईंले पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ । साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ ।’ कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले भने, ‘पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ । यसैले, केन्ट आर.ओ.बाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको छ ।” कम्पनीले जनाएको छ । केन्ट ब्राण्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र उपलब्ध छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्