Shikhar Insurance

लिमीका बालबालिकाले ११ महिनापछि पाए नियमित खोप

सिंहदरबार संवाददाता
२०८० चैत्र २९, बिहीबार ११:१२
NIMB
Nabil Bank

सिमकोट । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिकाले ११ महिनापछि नियमित खोप पाएका छन् । लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम कार्यान्वयनमा विलम्ब भएको हो ।

हिमपातले बाटो बन्द हुँदा समयमै खोप ढुवानी नहुँदा नियमित खोप कार्यक्रम प्रभावित भएको लिमी स्वास्थ्यचौकीका प्रमुख गोरखबहादुर भण्डारीले बताए । गत फागुन २५ गतेदेखि चैत ७ गतेसम्म देशभर सञ्चालन भएको नौ महिनादेखिमाथिका र पाँच वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप पनि बुधबार नै लगाइएको जानकारी भण्डारीले दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

लिमी स्वास्थ्यचौकीमा यो वर्ष दुई जना स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्