Shikhar Insurance

अर्थतन्त्रमा सकारात्मक हस्तक्षेप गर्ने बेला आयो : प्रधानमन्त्री दाहाल

सिंहदरबार संवाददाता
२०८१ बैशाख ५, बुधबार ११:३६
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल नीजि क्षेत्रबाट मुलुकको अर्थतन्त्र चलायमान हुने बताएका छन् । उनले नेपाल उद्योग परिसंघको २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले अर्को चुनाव नआएसम्म गठबन्धन सरकार चलिरहने दावी गर्दै बैशाख १६ र १७ गते हुने लगानी सम्मेलन अगाडि उद्योग, व्यवसायीहरुको समस्या र चिन्तनको सम्बोधन गर्ने बताए । उनले अर्थतन्त्रमा सकरात्मक हस्तक्षेप गरी नयाँ योजनाका साथ सरकार अघि बढ्ने बताए । उनले भने, ‘नीति तथा कानुनमा लेखिसकेपछि त्यो लागु हुनुपर्छ । बजेट र अर्थतन्त्रले धान्ने वा भार उठाउँन सक्ने मात्र नीति तर्जुमा गर्नुपर्छ । नीति कार्यक्रम र बजेट एकै किनारामा हुनुपर्छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

सरकारले छिट्टै नै मौद्रिक नीति ल्याउने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारले १० हजार मेगावटको विद्युत बिक्री गर्न भारत र बंगलादेशसँग सम्झौता भइसकेको बताए । त्यस्तै मुलुकको आईटी र कृषि क्षेत्रलाई जोड नदिने हो भने मुलुकको विकास नहुने उनको भनाई छ । अब आईटी सेक्टरलाई प्रमोट गरी अर्थतन्त्र साथै देशको विकास गर्ने निर्णय सरकारले लिइसकेको प्रचण्डले बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उद्योग व्यवसायीप्रति भएको अत्याचारले अर्थतन्त्र कमजोर भएको बताए । उनले व्यवसायीहरुलाई पक्राउ गर्ने, थुन्ने प्रक्रिया गलत रहेको भन्दै भने, थुन्ने अनि सुन्ने हैन, पहिला सुनेर निर्णय लिन जरुरी रहेको बताए ।  ‘यस्ता कारणले पनि उद्योगहरुले क्षमताको ४० प्रतिशत मात्र उत्पादन गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणले एकातिर विद्युत निर्यात गर्न खोजिरहेको छ भने अर्कोतिर १६ घण्टा लोडसेडिङ राखेर उद्योग व्यवसायीहरुलाई संकटमा पारिरहेको छ’ उनले भने ।

अध्यक्ष अग्रवालले उद्योग व्यवसायीहरुलाई विद्युत उपलब्ध गराउन समेत आग्रह गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्