Shikhar Insurance

रेकर्ड कायम राखेको सुनको मूल्य स्थिर, चाँदीको कति ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख ५, बुधबार ११:०३
NIMB
Nabil Bank

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार १ लाख ३९ हजार २ सय रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइहरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ घटेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्