Shikhar Insurance

रसिया-युक्रेन यद्ध : रसियाको ५० हजार सैनिक मारिए

सिंहदरबार संवाददाता
२०८१ बैशाख ५, बुधबार १२:२२
NIMB
Nabil Bank

काठमाडौं । युक्रेनले रसियाको ५० हजार सेना मारेको छ । बीबीसी रसिया मिडिया ग्रुपका अनुसार युक्रेनको भन्दा रसियाको धेरै सैनिक मारिएका हुन् । सन् २०२२ देखी सुरु भएको युद्धमा लाखौं मानिस मरिसकेका छन् । बीबीसी मिडिया ग्रुपले  रसियन र युक्रेनी सेनाको मृत शरिरको संख्या हिसाब राखेको जनाएको छ ।

सन् २०२३ मा २७ हजार ३ सय रसियन आर्मीको मृत्यु भएको बीबीसीले जनाएको छ । युक्रेनतर्फ भने हालसम्म ३१ हजार सेना मारिएको बीबीसीले उल्लेख गरेको छ ।    हालसम्म युद्धमा दुबैतर्फका गरी ८१ हजारभन्दा बढी  सेना मरेको बेलायति समाचार संस्था बीबीसीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

रसियाले युद्ध सुरुभएयता युक्रेनको अधिकाँस भुभाग कब्जा गरिसकेको छ । अहिले रसियाको ठूलो सैन्य शक्ति युक्रेनसँग युद्ध लडिरहेको छ । रसियाले ठूलो संख्यामा स्थल सेनाको प्रयोग गरेको छ । रसियाको तर्फबाट युद्ध लड्नका लागि नेपालबाट समेत गैरकानुनी रुपमा रसिया पुगेर युद्ध लडिरहेका छन् । जसमध्ये १२ जना भन्दाबढी व्यक्तिको मृत्यु भैसकेको छ । युक्रेनले फिल्डभन्दा रसियन सेनालाई ड्रोन आक्रमण गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्