Shikhar Insurance

आगामी १२ वर्षभित्र २८ हजार मेगावाट विद्युत उत्पादन हुन्छ : मन्त्री बस्नेत

सिंहदरबार संवाददाता
२०८१ बैशाख ५, बुधबार १६:०१
NIMB
Nabil Bank

काठमाडौं । उर्जा, जलस्रोत र सिचाईँमन्त्री शक्ति बहादुर बस्नेतले आगामी १२ वर्षभित्र २८ हजार मेगावट विद्युत उत्पादन गर्ने बताएका छन् । बुधबार ‘वातावरण संस्कृति स्वयंसेवक नेपाल’द्वारा आयोजित ‘ग्रिन हाईड्रो डाईलग’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै बस्नेतले भने  ‘नेपाल ग्रिन हाईड्रोजनको युगमा प्रवेश गरिरहेको छ, मुलुकमा हरित विकासको महत्व बढ्दै गएको, जलवायु परिवर्तन, वायु प्रदुषण जस्ता विषय गम्भिर भएकाले यसमा सरकारले ध्यान दिएको छ, उद्योगको अवस्थालाई मध्यनजर गर्दै नीति तर्जुमा गर्नुपर्छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

ग्रिन हाईड्रोजनको प्रवर्धनका लागि कानुनी व्यवस्था गर्ने जिम्मा सरकारले लिने जनाउँदै मन्त्री बस्नेतले भने, ‘जुन देशले आफूसँग भएको स्रोतको सहि उपयोग गर्न सक्दैन त्यो मुलुकको अर्थतन्त्र कहिल्यै बढ्न सक्दैन । जलविद्युतलाई आर्थिक विकासमा व्यवस्थित रुपले उपलब्ध गराउन सके मुलुकको अर्थतन्त्र बढ्न सक्छ ।’

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री बस्नेतले थपे, ‘ग्रिन हाईड्रोजनले मुलुकको अर्थतन्त्रलाई थप मार्ग निर्देश गरेको छ । ग्रिन हाईड्रोजनको विषयमा छलफल गर्न नयाँ युनिट गठन गर्ने योजना बनाएका छौँ ।’ जलशाय क्षेत्रमा लगानी गर्नेहरुलाई सरकारले सहुलियतमा पनि विशेष छुट प्रदान गर्ने जानकारी दिदैँ उनले आगामी वर्षमा ऊर्जा थप गर्ने र ऊर्जा क्षेत्रमा आएका चुनौतीको समाधान गर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्