Shikhar Insurance

९७ प्रतिशतले बढ्यो कृषि विकास बैंकको नाफा, प्रतिसेयर आम्दानी पनि १८ रुपैयाँ नजिक

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार ०९:२४
NIMB
Nabil Bank

काठमाडौं । कृषि विकास बैंकको नाफा ९७ दशमलव २२ प्रतिशतले बढेको छ । बैंकले प्रकाशन गरेको चालु आवको तेस्रो त्रैमासीक वित्तीय विवरण अनुसार बैंकको नाफा ९७ दशमलव २२ प्रतिशत बढेको देखिएको हो ।

विवरण अनुसार बैंकको आम्दानी २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी बढेर ७ अर्ब २० करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ६ अर्ब २४ करोड ७३ लाख रुपैयाँ रहेको थियो ।

बैंकको विवरण अनुसार ब्याज आम्दानी बढेसँगै नाफा पनि बढेको हो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५.६९५ प्रतिशले बढेर ५ अर्ब ७८ करोड ३८ लाख १० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको आम्दानी ५ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी १८ अर्ब ८८ करोड रहेको कृषि विकास बैंकको प्रतिसेयर आम्दानीमा समेत उल्लेख्य वृद्धि भएको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९० पैसाबाट बढेर १७ रुपैयाँ ९३ पैसा पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्