Shikhar Insurance

लक्ष्मी सनराइजले बढायो २७ प्रतिशतले नाफा, यस्ता छन् अन्य सूचक

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार ११:१२
NIMB
Nabil Bank

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेले २७.७० प्रतिशतले बढाएको छ । बैंकले गतवर्षको तुलनामा नाफामा उल्लेख्य सुधार गरेको हो ।

बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार ९ महिनामा १ अर्ब ६१ करोड ५९ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले नाफा बढाउँदा खराब कर्जा भने बढेको छ । ९ महिनामा बैकको खराब कर्जा ५.४९ प्रतिशत पुगेको छ ।  चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ १८ पैसा ऋणात्मक रहेको छ ।

 

चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा रहेको छ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्