Shikhar Insurance

निर्माणका लागि करिब ४ करोड विनियोजन भएको बेलिब्रिज जडानको काम अन्तिम चरणमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार ११:१२
NIMB
Nabil Bank

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । डोल्पा, जाजरकोट, रुकुमपश्चिमलाई जोड्ने बेलिब्रिजका पाताहरु सबै जडान भएका आयोजना प्रमुख सुनिल रन्जितकारले बताएका हुन् ।

पुलको ‘बेस प्लेट’ जडानको काम भोलिदेखि सुरु हुने उनले जानकारी दिए । आगामी एक महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उनले बताए । पुलका निम्ति ३ करोड ८१ लाख विनियोजन भएको छ । यो पुल तीन जिल्लाको ‘लाइफ लाइन’ मात्र नभइ भारत, नेपाल र चीन जोड्ने सडकको महत्वपूर्ण संरचना हो ।

Citizen Life
Kumar Bank
Nepal Life

एक सय १८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडकको ५६ किलोमिटर खण्डमा अहिले काम भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्