Shikhar Insurance

सहयोगी संस्था र काम गर्न चाहने युवाहरूबीच सहजीकरण गर्नुपर्छ : अध्यक्ष भट्टराई

सिंहदरबार संवाददाता
२०८१ बैशाख ९, आईतवार १३:१५
NIMB
Nabil Bank

काठमाडौं । नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराईले सहयोगी संस्थाहरू र काम गर्न चाहने युवाहरूबीच सहजीकरण गर्नुपर्ने बताएका छन् । उनले नयाँ बानेश्वरको आनन्दभूमि बिजनेस सेन्टरमा आयोजित ‘योंग इनोभेटर्स मिट’ कार्यक्रम बोल्दै यस्तो बताएका हुन् ।

उनले स्टार्ट अप व्यवसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न यो कार्यक्रम संचालन गरेको बताए । स्टार्ट अप इनोभेसन एण्ड इन्कयुवेसन सेन्टरका अध्यक्ष डा.शम्भु पोखरेलले आर्थिक मन्दिको यस्तो प्रतिकुल अवस्थामा नेक्सजेन म्यानेजमेन्टले प्रशंसनीय कार्य गरेको बताए । उनले स्टार्ट अप व्यवसाय गर्न चाहनेलाई सेन्टरले सहयोग गर्ने विश्वास दिलाए । कार्यक्रममा विजय लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले लघु वित्तिय संस्थाको तर्फबाट स्टार्ट अप व्यवसाय गर्न चाहनेलाई वित्तिय श्रोतको ब्यवस्था गर्न सकिने जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा कृषि विकास बैंक र नेपाल बैंकका पुर्व कार्यकारी प्रमुख देवेन्द्र प्रताप शाहले युवाहरू अघि नबढि देश नबन्ने बताउँदैे युवाहरूले नयाँनयाँ कामको संभावना खोजि गरेर अघि बढ्नुपर्ने र नेक्सजेन म्यानेजमेन्ट जस्तो संस्थासँग सहकार्य गरि काम गर्दा सफल हुन सकिने विश्वास ब्यक्त गरे । कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्दै ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले बैंकहरूले जनताको निक्षेप बाट लगानी गर्नुपर्ने र कर्जा तिर्न सक्ने क्षमता भएको उद्योग व्यवसायमा मात्र लगानी गर्न सकिने जानकारी गराए ।

‘स्टार्ट अप ब्यवसाय अधिकांश सफल हुँदैनन् । त्यसैले अध्ययन अनुसन्धान गरेर नयाँ प्रविधि र सोचका साथ टिम बनाएर काम गर्दा सफल हुन सक्छ । साथै, नेक्सजेन म्यानेजमेन्ट जस्तो अनुभवि र दक्ष संस्थामार्फत आउँदा बैंकहरूलाई लगानी गर्न सहज हुन्छ ।’ उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्