Shikhar Insurance

एडुसन्जालले ल्यायो विद्यार्थीको शैक्षिकस्तर अभिवृद्धि गर्न ‘अनलाइन ब्रिज कोर्स’

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार १३:०८
NIMB
Nabil Bank

काठमाडौं । एडुसन्जालले ‘अनलाइन ब्रिज कोर्स’को सुरुवात गरेको छ । एडुसन्जालले विद्यार्थीको शैक्षिकस्तर अभिवृद्धि गर्न, निरन्तर सिकाइ र शैक्षिक उत्कृष्टता सुनिश्चित गर्न ब्रिज कोर्सको घोषणा गरेको हो ।

‘विद्यार्थीहरूलाई पहुँचयोग्य र उच्च गुणस्तरको शिक्षामा सशक्तीकरण गर्ने हाम्रो प्रतिबद्धताका रूपमा अनलाइन ब्रिज कोर्स सुरु गर्न पाउँदा उत्साहित छौं । यस पहलले नवप्रवर्तनप्रतिको हाम्रो समर्पण र शिक्षालाई सबैका लागि थप समावेशी र समतामूलक बनाउने हाम्रो मिशनलाई प्रतिबिम्बित गर्दछ।’ एडुसाञ्जलका सीईओ विदुर आचार्यले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

अनलाइन ब्रिज कोर्समा विद्यार्थीको आवश्यकताअनुसार अनुकूलित सिकाइ मार्ग रहेको, अन्तरक्रियात्मक मल्टिमिडिया सामग्री संलग्न र शिक्षार्थीलाई प्रेरित गर्ने खालको रहेको र विद्यार्थी र शिक्षककाका लागि वास्तविक समय प्रगति ट्र्याकिङ र प्रदर्शन विश्लेषण गर्ने एडुसन्जालले जनाएको छ । अनलाइन ब्रिज कोर्सले गणित, विज्ञान, जीवविज्ञान लगायतका विषय समावेश गर्दछ । अनलाइन ब्रिज कोर्स अब Edusanjal वेबसाइटमा नामांकनको लागि उपलब्ध हुने एडुसन्जालले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्