Shikhar Insurance

लोकतान्त्रिक गणतन्त्रको सबलीकरणका लागि सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः ओली

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार १६:२३
NIMB
Nabil Bank

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संंघीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सवलीकरणमा एकतावद्ध हुन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । सोमबार ललितपुरको गोदावरीथित सनराईज हलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिने मिल्ने अवस्था रहेको बताए । उनले विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने जानकारी गरे । अध्यक्ष ओलीले पूर्वराज्ञा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै प्रतिगमनको कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले सरकार र वर्तमान सत्तारुढ दलहरुले पनि मुलुकबाट गरिवी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने बताए । ओलीले एमालेले नाजायज ढंगले कुनैपनि खालको अडान नराख्ने जिकिर समेत गरे ।

न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्