Shikhar Insurance

सिटिजन लाइफले ल्यायो इन्स्योरेन्स कम्पनीमै पहिलो पटक ‘भिडियो केवाइसी’ सुविधा

सिंहदरबार संवाददाता
२०८१ बैशाख १२, बुधबार ११:१७
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक भिडियो मार्फत केवाइसी लिने प्रकृया जारी गरेको छ । कम्पनीले वैशाख ९ गतेबाट लागु हुने गरी केवाइसी प्रकृया जारी गरेको हो ।

विदेशमा रहेका व्यक्तिहरुको बीमा गर्दा ई एप्लिकेशन डिक्लेरेशन फर्म सहित आवश्यक विवरणहरु अभिकर्ता पोर्टल एजेन्ट पोर्टल मार्फत प्राप्त हने कम्पनीले जनाएको छ । केवाइसी सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले केवाइसीको अवधारणा ल्याएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टल एजेन्ट पोर्टल मार्फत पेश गरे पश्चात् ई एप्लिकेशन डिक्लेरेशन फर्म मा आवश्यक विवरणहरु भरी स्क्यान गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्ने कम्पनीले जानकारी दिएका छौँ । प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाइसी सम्वन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ ।

‘यस भिडियो केवाइसीको सुविधाले बीमा अभिकर्ताहरुलाई व्यवसाय गर्न थप सहज हुने अपेक्षा गर्दछौं । यस सुविधा बारे विस्तृत जानकारी, कम्पनीको वेबसाईटमा उपलब्ध छ’ कम्पनीले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्