Shikhar Insurance

स्वरोजगार बनाउन युवालाई दुई महिने तालिम दिदैँ गण्डकीका वडा कार्यालय

सिंहदरबार संवाददाता
२०८१ बैशाख १२, बुधबार ११:२८
NIMB
Nabil Bank

गण्डकी । पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्ष्यित तालिम सञ्चालन गरेको छ । रोजगारीको खोजीमा विदेशिने युवाहरुलाई लक्षित गर्दै पालिकाले तालिम सञ्चालन गरेको हो ।

‘सीप सिकौँ, दक्ष बनौँ’ नाराका साथ वडाले कटाई सिलाई तालिम, ब्युटी पार्लर र लोकसेवा आयोगको अनलाइन तयारी कक्षा निःशुल्क सञ्चालन गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । बेरोजगार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यल तालिम सञ्चालन गरिएको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

तालिममा ४५ जना युवायुवती सहभागी छन् । सिलाई कटाई तालिम तीन महिना, ब्युटी पार्लरसम्बन्धी तालिम एक महिना र लोक सेवा आयोगको तयारी कक्षा दुई महिनासम्म सञ्चालन हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्