Shikhar Insurance

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको संचालक समितिका अध्यक्ष मोरद्वारा शपथ ग्रहण

सिंहदरबार संवाददाता
२०८१ बैशाख १२, बुधबार १५:३५
NIMB
Nabil Bank

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिका अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनले आज(बुधबार) नेपाल बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष गोपनियताको शपथग्रहण गरेका हुन् ।

मोर कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समुहको तर्फबाट निर्विरोध रुपमा निर्वाचित भएका थिए भने चैत १९ गते कम्पनीको संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन भएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्रधिकरणका पदाधिकारीहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित केसीको समेत उपस्थित रहेका छन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्