Shikhar Insurance

शुक्लाफाँटामा वन्यजन्तुलाई पानी व्यवस्थापन गर्न थप पोखरी निर्माण गरिने

सिंहदरबार संवाददाता
२०८१ बैशाख १२, बुधबार १८:०३
NIMB
Nabil Bank

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको घनत्व बढिरहँदा त्यहाँभित्र वन्यजन्तुलाई पानी व्यवस्थापन गर्न थप पोखरी निर्माण गरिने भएको छ । ४४ पाटे बाघ, २३ गैँडा, दुई हजार तीन सयभन्दा बढीको बाह्रसिङ्गाको झुण्ड पाइने निकुञ्जभित्र थप पोखरी निर्माण गरिने भएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले शुक्लाफाँटा निकुञ्जको घाँसे मैदान आसपास मात्रै ३५ कृतित्र पोखरी रहेको बताए । “गर्मीका बेला वन्यजन्तुका लागि पानीको प्यास मेटाउन कृतिम पोखरीले निकै सहज भएको छ । अहिले त पानीको मुहान÷पोखरी भएको क्षेत्रतिर नै वन्यजन्तु बढी देखिन्छन्” उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

शुक्लाफाँटाभित्र रानी ताल, बाबा ताललगायतका ठूला ताल रहे पनि लामो समय जलकुम्भीलगायतका झारले पुरिँदै गएका छन् । उनले भने,“यस वर्ष पोखरीको मर्मत÷सम्भारका लागि बजेट आउँदा छ÷सात सरसफाइ एवं मर्मत गरियो । कुनै ठाउँमा सोलार सेट नहुँदा पोखरी सुकेको अवस्था पनि छ ।” सुदूरपश्चिमको महत्वपूर्ण पर्यटकीय क्षेत्र मानिने शुक्लाफाँटा मुलुकमा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रुपमा समेत परिचित छ । यहाँ आहारा प्रजाति पर्याप्त हुँदा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको छ ।

उनले भने,“पानीका लागि अझै पोखरी थप्ने पाए हुन्थ्यो । अहिले त बाघ देखिने क्रम पनि बढेको छ ।” ताल उत्खनन र पुर्नभरण, पर्यावरण प्रर्वद्धन, सडक स्तरोन्नतिलगायतको माग प्रदेश सरकारका राखिरहेको शुक्लाफाँटा निकुञ्ज कार्यालयले जनाएको छ । तीन सय पाँच वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटाभित्र ५५ वर्गकिलोमिटरको विशाल घाँसे मैदान छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्