Shikhar Insurance

झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम २ अर्ब ९५ करोड

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १५:१२
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०७ अंकले बढेर परिसुचक १९८०.३४ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

सोमबार ११७ कम्पनीको ७३ लाख ४१ हजार १ सय ७७ कित्ता कारोबार हुँदा २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५ सय १ रुपैयाँकोकारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार सबैभन्दा धेरै पोखरा फाइनान्सको कारोबार भएको हो । कम्पनीको १७ करोड ५४ लाख ७ हजार ५ सय २५ रुपैयाँ ७० पैसा संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ३१ रुपैयाँ ५० पैसा रहेको छ ।

सोमबार ९९ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको सेयर मूल्य घटेको छ भने १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।  आज  ३ कम्पनीको सेयर मूल्यमाच सकरात्मक सर्किट लागेको छ भने पिपुल्स पावर कम्पनीको सेयर मूल्य ६ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्