Shikhar Insurance

गुरुङ सरकार ढाल्न पोखरा पुगेका गणेश लामा पक्राउ

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २७, बिहीबार १९:५५
NIMB
Nabil Bank

काठमाडौं । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार ढाल्न पोखरा पुगेका गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् । काँग्रेसका तर्फबाट प्रदेश सभा निर्वाचन लडेका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई बैदाम प्रहरी चौकीमा राखिएको छ ।

प्रदेश सभा सदस्य दिपक मनाङगेलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको विपक्षमा लाग्न फकाउन गएका लामालाई प्रहरीले पक्राउ गरेको हो । यद्यपी उनलाई निषेधाज्ञा उल्लंघन गरेको आरोप लगाईएको छ । लामाले नै मनाङगेलाई कन्भिन्स गराएर मुख्यमन्त्रीले विश्वासको मत लिने बेला संसदमा अनुपस्थित गराएको बताइन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्