Shikhar Insurance

‘मैले मात्र होइन, संसारका कुनै विद्वानले सेयर बजार कति बढ्छ र कति घट्छ भन्न सक्दैन’ (भिडियो अन्तर्वार्ता)

अम्बिकाप्रसाद पौडेल
२०७८ जेष्ठ २९, शनिबार २०:४३
NIMB
Nabil Bank

नेपालको पुँजी बजारमा चर्चित नाम हो, अम्बिकाप्रसाद पौडेल । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य तथा पुँजीबजार फोरमको सभापतिका रुपमा उनी यतिबेला पुँजी बजारको दिगो विकास र विस्तारका लागि लबिङ गरिरहेका छन् ।

मुलुकको कुल गार्हस्थ उत्पादन भन्दा ठूलो आकारमा पुँजी बजार कसरी पुग्यो ? राजनीतिक अस्थिरताकै समयमा मात्रै किन पुँजी बजार फस्टाउँछ ? अर्थतन्त्रका अधिकांश सूचक धरासयी हुँदा पुँजी बजार कसरी ऐतिहासिक उचाईमा पुग्न सक्छ ? लगायतका विषयमा सिंहदरबारले पौडेल लामो कुराकानी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रस्तुत छ, पुँजीबजारका ‘उम्दा खेलाडी’ पौडेलसँग गरिएको कुराकानीको सार संक्षेप :

–संसारका कुनै पनि विद्वानले पुँजीबजार ठ्याक्कै यतिमा पुग्छ र यतिमा घट्छ भन्न सक्दैन ।

– हाम्रा लागि नयाँ स्टक एक्सचेन्ज अनिवार्य भैसकेको छ । एउटा मात्रै स्टक हुँदा नेप्सेका मोनोपोली भयो, बजार विकासमा कुनै भूमिका नै खेलेन ।

–अब ब्रोकर कमिसन घटाउनुपर्छ, ३–४ अर्बको कारोबार हुँदा निर्धारण गरिएको यो ब्रोकर कमिसन अहिलेका लागि अत्यधिक धेरै हो । अहिले त दैनिक औसत १२–१३ अर्बको कारोबार भैरहेको छ, अब कमिसन घटाउन ढिला गर्नु हुन्न ।

–बैंक तथा वित्तिय संस्थाहरुको सेयर मूल्य अझै न्युन विन्दुमा छ, वित्तीय संस्थाहरुको सेयर मूल्य बढ्ने प्रशस्तै ठाउँ छ ।

– राम्रा कम्पनीहरुको मूल्य न्युन विन्दुमा रहेकाले सेयर बजार अझै धेरै बढ्न सक्छ ।

–अब पुँजी बजार पनि सरकारलाई राजश्व संकलनका लागि राम्रो श्रोतका रुपमा स्थापित भैसकेको छ ।

–नेपालको पुँजी बजारले अस्थिरतालाई रुचाउँछ, त्यस्तै समयमा ऐतिहासिक उचाई चुम्छ भन्ने पनि सुनिन्छ । तर, त्यस्तो होइन, परिस्थिति नै अनुकुल भएकाले बजार बढेको हो ।
– १० कित्ते नीतिले बजारमा सप्लाई घटाईरहेको छ, नयाँ कम्पनीहरुको साधारण सेयर १०–१० कित्तामा खण्डिकरण हुने भएकाले आपूर्ति पक्ष कमजोर बनेको देखिन्छ, त्यसैले नयाँ कम्पनीहरुको सेयर भाउ ह्वात्तै बढिरहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्