Shikhar Insurance

तेह्रथुम पावरको आईपीओ बिक्री भोलिदेखि, कसरी दिने आवेदन ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण ४, सोमबार २०:४०
NIMB
Nabil Bank

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ भोलिबाट विक्री खुला हुने भएको छ । कम्पनीले बनाइरहेको माथिल्लो खोरूङ्गा खोला साना जलविद्युत आयोजना प्रभावित बासिन्दाले साउन ५ गतेदेखि कम्पनीको आपीओमा आवेदन दिन पाउने भएका छन् ।

कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाका लागि ४ लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन बिक्री गर्नेछ । आईपीओमा छिटोमा साउन १९ गतेसम्म आवेदन दिन पाइन्छ । त्यस अवधिमा बिक्री नभए भदौ २ गतेसम्म बिक्री खुला हुने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रभावित बासिन्दाले न्युनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । धनकुटाको हिलेमा रहेको माछापुच्छ्रे बैंकको शाखा कार्यालय, धनकुटाकै नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु र आयोजनाको कार्यालयबाट आवेदन दिन सकिने छ ।

प्रभावित क्षेत्रका लागि सेयर जारी गरेपछि कम्पनीले सर्वसाधारणका लागि ८ लाख कित्ता सेयर जारी गर्दैछ । प्राथमिक सेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले तेह्रथुम जिल्लामा ७।५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले आफ्नो जारी पुँँजी ४० करोड रुपैयाँको ३०% अर्थात् १२ करोड रकमबराबर प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यको १२ लाख कित्ता साधारण सेयर बिक्री गर्दैछ । जसमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानियबासी तेह्रथुम जिल्लामा स्थायी बसोबास गर्नेको लागि बिक्री हुन लागेको हो । बाँकी २० प्रतिशत अर्थात ८ लाख कित्तामध्ये कम्पनीका कर्मचारीलाई २% अर्थात् १६ हजार र सामूहिक लगानी कोषहरुलाई ५% अर्थात् ४० हजार कित्ता सेयर छुट्याइएको छ ।

कम्पनीद्वारा प्रवर्द्धति माथिल्लो खोरूङ्गा खोला साना जलविद्युत आयोजनाको प्रति मेगावाट लागत १७ करोड ८८ लाख रुपैयाँ छ । माथिल्लो खोरूङ्गा खोला साना जलविद्युत आयोजनाका लगानी फिर्ता हुने अवधि ८.०९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ११.६६ वर्ष रहेको छ । आयोजनाको ७.५ मेवा कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ हो ।

तेह्रथुम पावर कम्पनीलाई इक्रा नेपालले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने इक्राएनपी इस्युअर रेटिङ डबल बी रेटिङ्ग प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ८४.७४ रुपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्