Shikhar Insurance

७६ करोडको आईपीओ तत्कालै आउँदै, कसको कति ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण ९, शनिबार १२:२७
NIMB
Nabil Bank

काठमाडौं । ७६ करोड २३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ तत्कालै निष्काशन हुँदैछ । एउटा जीवन बीमा कम्पनी, एउटा लघुवित्त वित्तिय संस्था र एउटा हाइड्रो पावर कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका हुन् ।

उनीहरुले एक हप्ता आसपासमै निष्काशनको तयारी थालेका छन् । त्यसरी आईपीओ निष्काशनको अनुमति पाएर तत्कालै जारी गर्ने तयारीमा रहेको पहिलो कम्पनी हो सानिमा लाइफ इन्स्योरेन्स ।

Citizen Life
Kumar Bank
Nepal Life

सानिमाले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्नेछ । जसको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । यो कम्पनीले एक साता भन्दा अघि नै आईपीओ निष्काशन गरिसक्नेछ ।

त्यस्तै, लगानीका लागि आकर्षक मानिँदै आएको लघुवित्त क्षेत्रबाट पनि एउटा आईपीओ आउँदैछ । मानुषी लघुवित्त वित्तिय संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो । नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई बिक्रि प्रबन्धक तोकेको कम्पनीले पनि एक साता भित्रै आईपीओ जारी गर्नेछ ।

त्यस्तै, जलविद्युत क्षेत्रको एउटा कम्पनीले पनि आईपीओ यसै साता ल्याउँदैछ । समलिङ पावर कम्पनी लिमिटेडको १२ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ निकाल्ने अनुमति पाएको हो । यसको पनि बिक्रि प्रबन्धकमा भने नेपाल एसबिआई मर्चेन्ट नै तोकिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्