Shikhar Insurance

अध्ययन भन्छः एनटीसी र स्मार्टको नेटवर्क साह्रै ‘झुर’, आफ्नै नेटवर्कमा हत्तपत्त लाग्दैन फोन

सिंहदरबार संवाददाता
२०७८ श्रावण ११, सोमबार १२:५६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल टेलिकम र स्मार्ट टेलिकमको मोबाइल सेवा साह्रै कमसल भएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं, ललितपुर र भक्तपुरमा गरेको अध्ययनमा सबैभन्दा छिटो फोनकल स्थापित हुनेको सूचीमा एनसेल अघि र आफैं फोन काटिने दरको सूचीमा एनसेल नै अन्तिममा रहेको पाइएको हो ।

टेलिकम र स्मार्टबाट आफ्नै नेटवर्कमा फोन गर्दा कनेक्ट हुनै १० सेकेन्ड लाग्ने गरेको छ भने हरेक १० मध्ये १ कल कनेन्ट नै नहुने समस्या रहेको पाइएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्राधिकरणको अध्ययनअनुसार सबैभन्दा राम्रो फोनकल सेवा एनसेलले दिने गरेको छ । चैत महिनादेखि जेठसम्म गरिएको परीक्षणमा यस्तो तथ्य फेला परेको हो ।

प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवालाई अध्ययनमा सामेल गरेको थियो । जहाँ आफ्नो नेटवर्क भित्र ४० सेकेन्डको कल गरिएको थियो ।

कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा स्मार्ट टेलिकम पुच्छरमा छ, एनटीसी पनि सोही स्तरमा छ । नेपाल टेलिकमबाट आफ्नै नेटवर्क भित्र कल गर्न पनि औसतमा ९.३४ सेकेन्डमा लाग्ने गरेको पाइएको छ । स्मार्ट टेलिकममा त्योभन्दा पनि बढी समय लाग्छ । स्मार्ट र एनसेलमा कल स्थापना हुन लाग्ने औसत समय क्रमशः १०.२७ सेकेन्ड र ५.२७ सेकेन्ड छ । कल स्थापना ढिलो हुने एनटीसी र स्मार्टमा सफलताको दर पनि न्यून छ । आफ्नै नेटवर्कमा कल गर्दा पनि एनटीसीमा १० मध्ये ९ कल लाग्दैन । यस्तै स्मार्टमा साढे ८ वटा कल कनेक्ट हुँदैनन् ।
कल स्थापना हुने सफलताको दर एनसेलको ९४.४३ प्रतिशत हुँदा टेलिकम र स्मार्टको क्रमशः ९०.४१ प्रतिशत र ८४.४७ प्रतिशत छन् ।

आफ्नै नेटवर्कमा कुरा गर्दा पनि सबैभन्दा बढी कल टेलिकमको काटिन्छ । टेलिकमको आफ्नै नेटवर्कमा ४० सेकेन्ड कुरा गर्दा करिब १ प्रतिशत कल काटिन्छन् । यस्तै सोही अवधिमा स्मार्टमा आधा प्रतिशत कल काटिन्छन् ।

फोन काटिने वा सम्पर्क विच्छेद हुने दर नेपाल टेलिकममा सबैभन्दा बढी ०.८७ प्रतिशत र स्मार्ट टेलिकममा ०.४५ प्रतिशत रहँदा एनसेलमा भने ०.२ प्रतिशत मात्रै कल काटिने गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्