Shikhar Insurance

६ लाख पर्ने इन्फिल्डको मेटियोर ३५० नेपालमा, मोटरसाइकल अफ द इयरमा के छ विशेषता ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण १३, बुधबार १३:३८
NIMB
Nabil Bank

काठमाडौं । रोयल इन्फिल्डको नयाँ बाइक नेपालमा सार्वजनिक भएको छ । इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्सले मेटियोर ३५० नेपालमा सार्वजनिक गरेको हो ।

मेटियोर ३५० को तीन भेरियन्टमा नेपालमा उपलब्ध गराइएको छ । बाइक न्युनतम ६ लाख रूपैयाँ मुल्य तिरेर किन्न सकिन्छ । टप भेरियन्टको मूल्य भने ६ लाख ४५ लाख रूपैयाँसम्म पर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मेटियोर ३५० फायरबल भेरियन्टको मूल्य ६ लाख रुपैयाँ तोकिएको हो । त्यस्तै स्टेलर भेरियन्टको मूल्य ६ लाख १७ हजार र सुपरनोभा भेरियन्टको मूल्य ६ लाख ४५ हजार रुपैयाँ पर्नेछ ।

बाइकमा एलोय ह्विल, डिस्क ब्रेक, राउन्ड हेडलाइट, एलइडी डे टाइम रनिङ ल्याम्प, यूएसबी चार्जर, पुल्ड ब्याक ह्यान्डलबार, स्वीङ रियर फेन्डर, एलईडी टेललाइट, सेमी डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, ब्ल्यूटुथ कनेक्टीभीटी, टर्न वाई टर्न इन्डिकेटर जस्ता फिचर उपलब्ध छन् । मेटियोर ३५० मा ३४९ सीसी क्षमताको सिंगल सिलिन्डर एयर कुल्ड एफआई इन्जिन छ । सो इन्जिनले अधिकतम २०.२ बीएच पावर र २७ एनएम टर्क प्रदान गर्छ ।

बाइकमा बीएस सिक्स इन्जिन दिइएको छ । चक्कामा ड्यूल च्यानल एबीएस दिइएको मेटियोरमा १७० एमएमको ग्राउन्ड क्लियरेन्स छ । बाइकमा १५ लिटर क्षमताको इन्धन ट्याङ्कि छ ।

मोटरसाइकलको अगाडिको चक्कामा ट्वीन पिस्टन फ्लोटिङ क्यालीपरको साथ ३ सय एमएमको डिस्क र पछाडि चक्कामा सिंगल पिस्टन फ्लोटीङ क्यालीपरको २ सय ७० एमएमको डिस्क दिएको छ । मेटियोर इन्फिल्डको मोटरसाइकल अफ द इयर २०२१ हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्