Shikhar Insurance

संग्रहालयमा शुरा नेपालीको वीरता, सिन्धुलीगढीः जहाँ अंग्रेज हारेका थिए… (तस्बिरहरू)

सिंहदरबार संवाददाता
२०७८ श्रावण १३, बुधबार १८:२४
NIMB
Nabil Bank

काठमाडौं । जहाँ अंग्रेज हारेका थिए, त्यहाँ नेपालकै पहिलो युद्ध संग्रहालय बनेको छ । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको हो ।

नेपाली सेनाले करिब ७ करोड रूपैयाँमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संग्रहालयको उद्घाटन गरिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।

नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इस्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकार बताउँछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताइन् ।

नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयले नेपालीको शुरतालाई विश्वसामु चिनाउने प्रयत्न गरेको छ। साथै यसलाई पर्यटकीय स्थलमा विकास गर्न सकिनेछ भने पर्यटन प्रवद्र्धनमार्फत आर्थिक लाभ पनि लिन सकिन्छ ।

यो संग्रहालयलाई पर्यटकीयस्थलका रुपमा प्रबर्द्धन गर्दा अङ्ग्रेजहरुका लागि पनि राम्रो गन्तव्यस्थल हुनेछ ।

सेनाले कमलामाई नगरपालिकालाई सङ्ग्रहालय हस्तान्तरण गरेको छ । विसं १८२४ असोजमा अङ्ग्रेजसँग भएको युद्धको सम्झनामा सो सङ्ग्रहालय निर्माण गरिएका हो । सङ्ग्रहालयमा त्यतिबेलाको युद्धमा प्रयोग भएका हातहतियार र ऐतिहासिक दस्तावेज सङ्ग्रह गरिएको छ । युद्धमा सहभागी भएका झण्डै २४ सय अङ्ग्रेज फौजमध्ये करिब १६ सयको मृत्यु भएको बताइन्छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्